काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोट छाप्नको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।
केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा रितपूर्वक आवेदन मध्ये न्यून मूल्यमा बोलपत्र पेश गर्ने चिनियाँ कम्पनी छनोट भएका थियो ।केन्द्रीय बैंकको पूर्वयोग्यता पूरा गरेको ६ वटा कम्पनी प्रतिस्पर्धामा सहभागी हुन पाउनेमा उक्त नियाँ कम्पनीले टेन्डर हात पारेको हो ।
५० रुपैयाँ दरको ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (अहिलेकोविनिमय दर अनुसार करिब १ अर्ब ४८ करोड) मा सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ ।