Back To Top

September 14, 2025

राष्ट्र बैंकले १२० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

Global Ime Bank AD

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार यो रकम उपदान तथा पेन्सन कोषमा रहेको हुनाले लगानी गर्नुपर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थालाई यही भदौ ३० गतेभित्र निवेदन दिन आह्वान गरिएको छ ।

सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गरिनेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा सापटी आठ प्रतिशत नाघेको तथा खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

साथै, आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

Global Ime Bank
Prev Post

अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने

Next Post

मन्त्री परिषदमा आउने भए कुलमान

post-bars

Leave a Comment