Back To Top

July 13, 2025

राष्ट्र बैंक ५० अर्ब रुपैयाँ निक्षेप उठाउने

Global Ime Bank AD

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार २९ गते ५० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ४ दिन अवधीका लागि उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले साउन १ गते फिर्ता पाउनेछन् ।

‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।
Global Ime Bank
Prev Post

मौद्रिक नीतिले अटोमोबाइल व्यवसायी निरास

Next Post

केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै

post-bars

Leave a Comment