Back To Top

March 3, 2025

सञ्चय कोष र लगानी कोषलाई संस्थापक सेयर किन्न रोक

Global Ime Bank AD
Insourance

काठमाडौं: नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किन्न रोक लगाएको छ ।

बैंकका संस्थापक सेयरधनी धमाधम बाहिरिने र संस्थापक सेयर खरिद गर्ने लगानीकर्ता नपाएपछि पछिल्लो समय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले धमाधम बैंकको संस्थापक सेयर खरिद गरिरहेका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को दफा ४१ को व्यवस्थालाई देखाउँदै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बैंकहरुको संस्थापक सेयर खरिद गर्न रोक लगाएको हो ।

‘राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको बढीमा पन्ध्र प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गर्न सक्नेछ,’ वाफियाको दफा ४१ को उपदफा २ मा भनिएको छ । सोही दफाको उपदफा ४ मा कुनै बैंकमा १५ प्रतिशसम्म लगानी गरीसकेको अवस्थामा अर्को बैंक वा वित्तीय संस्थामा चुक्ता पूँजीको एक प्रतिशतभन्दा कम हुने गरी मात्र लगानी गर्नुर्ने व्यवस्था गरेको छ ।

United long banner ad
Prev Post

पूर्वअर्थ सचिवहरुले सुझाए यी ‘बोल्ड’ कदम

Next Post

बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई ईभीमा रूपान्तरण गर्ने

post-bars

Leave a Comment