Back To Top

March 2, 2025

८ प्रतिशत खराब कर्जा राष्ट्रबैंकलाई स्वीकार्य!

Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बंकहरुको ८ प्रतिशतसम्मको खराब कर्जालाई स्वीकार गरेको छ ।

नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको ४ अर्ब ७९ करोड रुपियाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने क्रममा यस्तो लचकता देखाएको हो  ।

राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले लगानी सम्बन्धी सूचना प्रकाशित गर्दै खराब कर्जा अर्थात एनपीएल ८ प्रतिशत र खुद एनपीएल अनुपात ३ प्रतिशत ननाघेका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने उल्लेख गरेको छ ।

यसअघि राष्ट्र बैंकले एनपीएल ५ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने गरेको थियो । राष्ट्र बैंकको पछिल्लो सूचनाले बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा ८ प्रतिशतसम्म पुगेको स्वीकार गरेको देखिन्छ ।

Prev Post

विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज

Next Post

लगानी कोषमा आवद्धलाई गंगालाल अस्पतालमा छुट

post-bars

Leave a Comment