Back To Top

April 23, 2025

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही

Global Ime Bank

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक तथा पोखरा र जानकी फाइनान्सलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंकलाई सचेत गराएको छ । त्यस्तै पोखार पाइनान्स र जानकी फाइनान्सकाले शिघ्र सुधारात्मक कारबाही गरेको हो । यसका साथै पोखरा फाइनान्सका पूर्व सीईओ रविचन्द्र गुरुङलाई ५ लाख जरिवान तिराएको छ भने अन्य संस्थाका सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रयमास अवधिमा राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा ती संस्थाहरुले राष्ट्र बैंकको निर्देशन पालना गरेका नपाइएपछि कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष, भरतराज ढकालले संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएकाले सचेत गराएको जनाएको छ ।

Prev Post

माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण

post-bars

Leave a Comment