Back To Top

July 13, 2025

केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै

Global Ime Bank AD

काठमाडौँ ।

प्रत्येक बैंकमा निश्चित अवधिमा ग्राहक पहिचान (केवाइसी) भर्नुपर्ने झन्झटबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिन लागेको हो ।

राष्ट्र बैंकले ग्राहकले कुनै एक बैंकमा गरेको विवरण अध्यावधिक अनुसार आवश्यक अन्य निकायले विद्युतीय माध्यम मार्पmत प्राप्त गर्न सक्ने पूर्वाधारको सञ्जाल विकासका लागि पनि सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवस्था भए अनुसार केवाइसी विवरण कुनै बैंक तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचयपत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

“बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ ।

ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने छ,” मौद्रिक नीतिमा उल्लेख छ ।

नयाँ प्रणाली अन्तर्गत केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्ने छन् र कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime Bank
Prev Post

राष्ट्र बैंक ५० अर्ब रुपैयाँ निक्षेप उठाउने

Next Post

भन्सार राजश्व संकलनमा ऐतिहासिक वृद्दि

post-bars

Leave a Comment