Back To Top

October 3, 2024

बैंकलाई धेरै भएपछि ५० अर्ब रुपैयाँ लग्दैछ राष्ट्र बैंक

Global Ime Bank AD
Insourance

काठमाडौं।

वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता नघटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले पुनः ५०अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन खरिदका लागि आइतबार दिउ“सो ३ बजेसम्म अनलाइन बोल–कबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोल–कबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोल कबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोल–कबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ

United long banner ad
Prev Post

बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री

Next Post

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

post-bars

Leave a Comment