Back To Top

June 23, 2025

सीमाभन्दा बढी चालुपुँजी कर्जा फिर्ता गर्न २ वर्ष समय थप

Global Ime Bank AD
Insourance

नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी चालु पुँजी लिएका व्यवसायले बढी रकम तिर्न २ वर्ष थप समय दिएको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्र गर्दै बैंकर र व्यवसायीलाई राहत दिएको हो ।

राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका कर्जा २०८२ असार मसान्तभित्र तिरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सीमाभन्दा बढी कर्जा तिर्ने समय असार मसान्त हुँदा चालु आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा अत्यधिक मात्राले बढ्ने अनुमान गरिएको थियो । जसले बैंकको नाफा पनि प्रभावित हुने डर थियो । अब भने बैंक र व्यवसायीले सीमाभन्दा बढी चालुपुँजी कर्जा लिएको भए बढी कर्जा तिर्न थप २ वर्ष समय मिलेको छ ।

सोमबारको परिपत्रअनुसार चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९ कात्तिक १ गते अघि प्रवाह भएका चालु पुँजीकर्जा लाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, यस्तो कर्जामा यस अघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता (राइट ब्याक) गर्न पाईने छैन । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।

हालको व्यवस्थाअनुसार व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालुपुँजी कर्जा पाउँछन् । यदी उनीहरुले लिएको चालुपुँजी कर्जा सीमाभन्दा बढी छ भने सीमामा कायम गर्ने अवधि २०८२ असार मसान्तसम्म दिइएको थियो ।

 

United long banner ad
Prev Post

दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली

Next Post

विदेशमा विक्छ दैनिक ११ करोडको बिजुली

post-bars

Leave a Comment