Back To Top

October 14, 2024

समृद्धिका अध्येतालाई अर्थशास्त्रको नोबल पुरस्कार

Global Ime Bank

काठमाडौं:
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

मुलुकको समृद्धि यात्रामा संस्थागत संरचना स्थापना र तीनले खेल्न भूमिका बारेको वृहत अध्ययनलाई आधार मान्दै यस वर्षको अर्थशास्त्रको नोबल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको रोयल स्वीडिस अफ साइन्स एकेडेमीेले जनाएको छ ।

नोबल पुुरस्कार पाउने घोषणा गरिएका विद्धानहरुमा म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोबिन्सन छन् ।

संस्थाहरूको निर्माण र तिनले कसरी समृद्धिलाई प्रभावित गर्छन् भन्ने अध्ययनका लागि अर्थशास्त्री त्रयलाई पुरस्कार गरिएको जनाइएको छ ।
यी तीनै जना अर्थशास्त्रीहरूले कानुन नीतिलगायत संस्थागत संरचना कसरी बन्छन् र समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा गरेको गहन अध्ययनका लागि यो पुरस्कार जित्न सफल भएका हुन् ।

उनीहरुको अध्ययनले देश देशबीच समृद्धिको स्तर गति र आकार किन फरक फरक हुन्छ भन्ने औल्याएको छ । यो अध्ययनले उच्च समृद्धि हासिल गरेका २० प्रतिशत मुलुकले सबै भन्दा न्युन रहेका २० प्रतिशत मुलुकको तुलनामा ३० गुणा वढी दर प्राप्त गरिरहेका छन् । यसले विश्वको सन्तुलित, समन्यायिक विकास र दिगो विकासको नारालाई चुनौति दिइरहेको छ ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यो घोषणा गर्दै भनेको छ, ‘उनीहरूको अनुसन्धानले हामीलाई संस्थाहरूको महत्त्व बुझ्न र समाजमा आर्थिक वृद्धिलाई बढावा दिन कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।’

असिमोग्लु, जोनसन र रोबिन्सनको अनुसन्धानले कुनै पनि देशको आर्थिक वृद्धि र समृद्धि त्यहाँका संस्थागत संरचना कस्ता छन् भन्ने कुरामा निर्भर गर्ने औल्याएको छ ।

इतिहासका विभिन्न कालखण्ड र विश्वका विभिन्न घटनाहरूको अध्ययन गरेर यस बारे निष्कर्ष निकालेका जनाइएको छ । अध्येताका अनुसार समावेशी र प्रभावकारी संस्थाहरू स्थापित भएका देशमा आर्थिक विकासको सम्भावना बढी हुन्छ ।

यसअनुसार उनीहरुले कानुनी तथा नीतिगत आधार, सस्थागत सुसासन, कार्यक्षमता र दृष्टिकोणले अर्थतन्त्रको दिगो विस्तारमा महत्वपूर्ण भूमिका खेल्दछन् ।
तर संस्थागत प्रणाली गलत हुँदा विश्वमा समृद्धिको खाडल बढ्दै जाने अवस्था सृजना हुने उनीहरुको निचोड छ।

कतिपय मुलुकहरु समृद्धिको अपेक्षामा सस्थागत दोहनमा परेर झनै कमजोर बन्दै गएको पाइएको समेत औल्याइएको छ ।

पुरस्कार पाउने डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग आबद्ध छन् भने साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ मनेजमेन्टसँग आबद्ध छन् । अर्का अर्थशास्त्री जेम्स रोबिन्सन हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।

 

Prev Post

मनकामना केबलकार फेरि बन्द हुने

Next Post

मुल्य बृद्दिको ग्राफ एक्कासी न्युन, आँँकडा एकाएक घट्यो

post-bars

Leave a Comment