हङकङ ट्रान्जिटका लागि भिषा नचाहिने
काठमाडौं । अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसा लिननपर्ने भएको छ।हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई यस्ताे प्रावधान हटाएको छ ।
यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।
नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो । यससँगै विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
साथै हङकङ सरकरको यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ । 