Back To Top

September 23, 2024

एनएमबी बैंकको डिजिटल कर्जा संझौता

Global Ime Bank AD
Insourance

काठमाडौं:

एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्र् तथा एमएसएमई प्रमुख डा.बुद्धि मल्ल, डिभी एक्सेलसका तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक र डिभी एक्सेलस प्रालिबीच खेति एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न ब्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भएको जनाइएको छ । संझौता अनुसार कृषकहरुको आर्थिक अवस्था बृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने,  योग्य किसानहरुलाई कर्जाको लागि सहजीकरण गर्ने, परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता कार्य हुने जनाइएको छ ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

United long banner ad
Prev Post

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता

Next Post

सुन तोलामा चार सयले बढ्यो

post-bars

Leave a Comment