Back To Top

December 12, 2024

एनएमबी बैंकका सेवा अवरुद्ध हुने

Global Ime Bank

काठमाडौ,

एनएमबी बैंकका विभिन्न सेवाहरु शुक्रबार र शनिबार बन्द हुने भएका छन् । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो प्राविधिक प्रणाली मर्मत तथा स्तरोन्नतिका दुई दिन करिव १२ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ ।

बैंकले जारी गरेको सुचना अनुसार मंसिर २८ गते शुक्रबार राती १०ः३० बजेदेखि २९ गते शनिबार विहान १०ः३० बजेसम्म प्राविधिक स्तरोन्तीको काम सम्पन्न हुनेछ । एनएमबी बैंककले डेटा सेन्टरको स्तरोन्नती गर्न लागिएको जनाएको छ ।

सो अवधिमा बैंकले जारी गरेका एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, आइपीएस, तथा कलसेन्टरसेवा अवरुद्ध हुने जनाइएको छ ।

Prev Post

एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता

Next Post

अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने

post-bars

Leave a Comment