Back To Top

April 7, 2025

निलम ढुंगाना बनिन् कामु गभर्नर

Global Ime Bank AD

काठमाडौं ।

सरकारले निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयले सोमबार वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वत: कामुको जिम्मेवारी दिएको हो।

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिए पनि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्। उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो।

Global Ime Bank
Prev Post

आज मन्त्रिपरिषद्‍को बैठक,गभर्नर नियुक्ति गर्ने सम्भावना

Next Post

बुटवल पावरको एफपीओ निष्कासन रद्द  

post-bars

Leave a Comment