Back To Top

October 18, 2024

ऊर्जा ऋणपत्र ल्याउँदै निफ्रा

Global Ime Bank

काठमाडौँ
वित्तीय क्षेत्रमा अधिक तरलता भइरहेका बेला नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ६ प्रतिशत व्याजदरको निफ्रा ऊर्जा ऋण पत्र जारी गर्ने भएको छ ।

बैंकहरुको औषत मुद्धति निक्षेपको ब्याजदर ६.१३ प्रतिशत रहेका बेला निफ्राले ६ प्रतिशत ब्याजदरमा ७ वर्षे ऋणपत्र जारी गर्ने तयारी थालेको छ । बैंकले कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने कम्पनीेले जनाएको छ ।

Prev Post

उद्योगीले पाएनन् निर्यातको नगद अनुदान

Next Post

विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै

post-bars

Leave a Comment