Back To Top

October 8, 2024

एनआईसी एशियाको सिएसआर; विद्यालयमा पुस्तकालय

Global Ime Bank AD

काठमाडौ:
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विद्यालयहरुमा पुस्ताकलय निर्माणमा खर्च गर्दै आएको जनाएको छ ।

सोही क्रममा सोमबार तनहुको बन्दिपुरमा रहेको पवित्रा माध्यमिक विद्यालय भवनमा पुस्ताकालय सञ्चालनमा ल्याएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको बैंकले जनाएको छ ।

बंैंकले देशभरका पुस्तकालय भवनहरु निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाइएको छ ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो सहयोग उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा भवन निर्माण गरिँदै आएको छ । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
बैंकले कैलालीको काजोशीपुर–१ मा रहेको मोहन्याल माध्यमिक विद्यालय, झापाको आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आइसकेको जनाइएको छ ।

एनआईसी एसियाले सिराहाको भगवान पुर –१ मा रहेको बाला सुन्दरी माध्यमिक विद्यालय र पर्साको सिद्धार्थ माध्यमिक विद्यालय, रुपन्देहीको सियारी गाउँपालिका–४ मा रहेको पब्लिक सेकेन्डरी स्कुल र चितवनको राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन तयार गरी पुस्तकालय स्थापनका लागि हस्तान्तरण गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिनुभयो ।

 

Global Ime Bank
Prev Post

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश घोषणा

Next Post

नोट जोगाउनू, दक्षिणा क्युआर गर्नूः राष्ट्र बैंक

post-bars

Leave a Comment