Back To Top

June 10, 2025

‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुने/नहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुका साथै विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई प्रतिस्पर्धी वातावरणमा सक्षम बनाउने गरी पुनरसंरचना गर्नुपर्ने सुझाव दिइएको छ।

प्रतिवेदनले धितोपत्र ऐन, २०६३ तथा त्यसअनुसार बनेका नियमावली र निर्देशिकाहरूको परिपालना गर्दै निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्ज संचालनको इजाजत दिन उपयुक्त ठहर गरेको छ। अनुमति दिने सम्पूर्ण प्रक्रिया—सूचना प्रकाशनदेखि आवेदनको विश्लेषण र इजाजत वितरणसम्म—नियमसंगत र पारदर्शी हुनुपर्नेमा जोड दिइएको छ।

साथै, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुअघि स्पष्ट मापदण्ड र शर्तहरू निर्धारण गर्नुपर्ने र नयाँ प्रवेशले ल्याउने प्रतिस्पर्धालाई व्यवस्थापन गर्न बोर्डको नियमन क्षमतामा अभिवृद्धि गर्नुपर्ने सिफारिससमेत प्रतिवेदनमा गरिएको छ। प्रतिवेदनले धितोपत्र बजारको दीर्घकालीन सुधार र सुदृढिकरणका लागि प्रतिस्पर्धी र पारदर्शी प्रणाली आवश्यक भएको औंल्याएको छ।

United long banner ad
Prev Post

राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र

Next Post

२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम

post-bars

Leave a Comment