Back To Top

April 9, 2025

भारतमा ब्याजदर घटाउने गरी मौद्रिक नीति

Global Ime Bank AD
Insourance

काठमाडौं।

भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ ले ब्याजदर घटाउनेतर्फ नयाँ मौद्रिक नीति केन्द्रित गरेको छ । बुधबार आरबीआईका गभर्नर सञ्जय मलहोत्राले मौद्रिक नीति सार्वजनिक गर्दै रिपोदर ०.२५ आधार बिन्दुले घटाएका छन् । ५.२५ प्रतिशत रहेको रिपोदर ०.२५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशत कायम गरेका हुन् ।

यससँगै लिक्विडिटी एड्जस्टमेन्ट फ्यासिलिटी अन्तर्गत स्ट्याण्डिङ डिपोजिट फ्यासिलिटी दर ५.७५ प्रतिशत र मार्जिनल स्ट्याण्डिङ फ्यासिलिटी दर तथा बैंक दर ६.२५ प्रतिशत मा समायोजन गरेका छन् ।

गभर्नरमा नियुक्त भएसँगै उनले लगातार दोस्रो पटक मौद्रिक नीतिमा रिपोदर घटाउनेमा केन्द्रित गरेका हुन् । उपभोक्ता मुद्रास्फीति नियन्त्रित र क्रमश घटदो क्रममा रहेको अवस्थामा आरबीआई गभर्नर मलहोत्राले केही सुस्त देखिएको आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन रिपोदर घटाउने निर्णय लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाले भारतीय बस्तुहरुको आयातमा लगाएको २५ प्रतिशत थप भन्सारदरले भारतीय निर्यातमा पारेको दबाब र आर्थिक वृद्धिको मन्द गतिका कारण पनि रिपोदर घटाउने गभर्नरको निर्णय अपेक्षाकृत नै छ ।

United long banner ad
Prev Post

सिँहदरबारमा बढ्न थाल्यो बजेट माग्नेको भीड

Next Post

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने

post-bars

Leave a Comment