श्रमिकको न्यूनतम तलब १९ हजार ५५०

काठमाडौँ । साउन १ गतेबाट लागू हुने गरी श्रमिकले न्यूनतम तलब १९ हजार ५ सय ५० पाउने भएका छन् ।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपियाँ निर्धारण गर्ने सहमति भएको हो ।
न्यूनतम निर्धारण समिति अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा आज श्रम मन्त्रालयमा बसेको बैठकमा श्रमिकको पारिश्रमिक निर्धारण भएको हो ।
श्रमिकको तलब अघिल्लो दुई वर्ष लागू भएको भन्दा दुई हजार दुई सय ५० रुपियाँ बढेको हो ।
