Back To Top

June 21, 2025

रेडपान्डा जोगाउन संरक्षण अभियान

Global Ime Bank AD
Insourance

भोजपुर ।

लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थान छनोट गरेर संरक्षणको काम गरिएको हो ।

४ वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको भुरूखेक र महाभिर वाल्वानी सामुदायिक वनमा ८ हजार मालिङ्गो बिरूवा (बाँस प्रजाति) रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।

रेड पान्डासँगै अन्य वन्यजन्तु संरक्षणका लागि यी क्षेत्रमा ३ वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ । गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गोका लागि श्रमदानसहित १३ लाख ३० हजार रूपैयाँ बराबरको काम भएको अधिकृत अधिकारीले जानकारी दिए ।

‘हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ’, अधिकारीले भने, ‘रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरूवा रोपन गरिएको हो ।’

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा १ लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

रेड पान्डाको वासस्थन संरक्षणको लागि विशेष जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ ।

United long banner ad
Prev Post

सैयौलाई सिकाउँदै सकियो शिपमेला

Next Post

नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द

post-bars

Leave a Comment