Back To Top

August 8, 2024

गुल्मीमा भेटिए १३ प्रजातिका नयाँ चरा

Global Ime Bank AD
Insourance

गुल्मी
गुल्मीमा सात नयाँ प्रजातिका चरा फेला परेका छन् ।। नेपाल पंक्षी संरक्षण संघले जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा सर्वेक्षर्ण गर्दा रेसुङ्गामा  १ र मदानेमा ६ नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ ले जनाएको छ । यस अघि ०७९ फागुनमा १३ नयाँ प्रजातीका चरा फेला परेका थिए ।
१९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा अहिले  सानो सानो सेतो बकुल्ला फेला परेको हो । यस अघि यहाँ फेला परेका पाँच प्रजातिका नयाँ चराहरूमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदानेमा अहिले चकसुचक, कालोकाठे भुइरोबिन, स्यामस्वेत अर्जुनक, कालो भुंगेचरी आलिचुहिया र हिमाली लोकचरी प्रजातीका चरा फेला परेका हुन् । यस अघि हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरू भेटिएका थिए ।

पछिल्लो सर्वेक्षणअनुसार रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ र मदाने वन संरक्षण क्षेत्रमा २८६ प्रजातिका चरा छन् । जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्र् महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरूको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता कारणले चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको अभियन्ताहरुले बताएको छन् ।

United long banner ad
Prev Post

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

Next Post

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड

post-bars

Leave a Comment