Back To Top

March 9, 2026

तेस्रो सर्किट ब्रेक लागेर सेयर बजार बन्द

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

प्रतिनिधि सभा निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार बन्द भएको छ । आज १६२.९३ अंकले बजार बढेसँगै कारोबार बन्द भएको हो ।

सो वृद्धिसँगै नेप्से २८७५.४३ अंकमा कायम भएको छ । आज कुल ११ लाख ४३ हजार ७६७ कित्ता सेयर ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको छ ।

चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको छ ।

कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको सेयर बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।
आज २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर चार हजार ५१ पटक खरिद–बिक्री हुँदा  ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ ६ दशमलव ९२, विकास बैङ्क पाँच दशमलव ९१, वित्त पाँच दशमलव ४७, होटल तथा पर्यटन पाँच दशमलव ७३, जलविद्युत् छ दशमलव ८१ र लगानी समूह सात दशमलव ०६ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा चार दशमलव ६७, उत्पादन तथा प्रशोधन पाँच दशमलव ३०, लघुवित्त चार दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा तीन दशमलव ७४, व्यापार सात दशमलव ७३ र अन्य समूह पाँच दशमलव ५६ प्रतिशतले बढेको हो ।

 

United long banner ad
Prev Post

राष्ट्रिय स्वतन्त्र पार्टीको हालसम्म ४१ लाख बढी मत

Next Post

बालेनको चुनाव खर्च १४ लाख १७ हजार

post-bars

Leave a Comment