Back To Top

September 11, 2024

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस

Global Ime Bank

काठमाडौ,
नेपाल उद्योग परिसंघको नेतृत्वदायी भूमिकामा विभिन्न अवधिमा अन्तरराष्टियस्तरका चारवटा पूर्वाधार सम्मेलन विभिन्न थिममा केन्द्रित हुँदै सम्पन्न भए । भदौ २७ र २८मा राजधानीको सोल्टी होटलमा हुन लागिरहेको पाँचौ पूर्वाधार सम्मेलन दिगो र हरित अर्थतन्त्र निर्माणका विषय बस्तु केद्रित हुन खोजेको देखिएको छ ।

रणनीतिक लगानी मार्फत दिगो विकासको मुख्य थिमा आयोजित सो सम्मेलनलाई जलवायु परिवर्तनको विषमता र बदलिदो परिस्थिति अनुसारको पूर्वाधार विकासका आयाममा केन्दित गर्न खोजिएको छ । नेपालका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री देखि विदेशी विज्ञ सहभागी हुने विभिन्न छलफलका सत्र यस्तै विषयबस्तुमा केन्द्रित छन् ।
उद्घाटन तथा समापनका सत्रमा क्रमश: प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

विषयगत १२ सत्रहरु अधिकाँश हरित अर्थतन्त्रका विषयबस्तु बढी केन्द्रित छन् । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले अध्यक्षता गर्ने विहीबारको पहिलो सत्र नै दिगोपनमा केन्द्रित रहेको छ ।  विकास संरचना औद्योगिक व्यवसायिक वातावरण लगायत दिगो आर्थिक समृद्धिका आधारमा चर्चा हुन लागेको छ ।

लगत्तै भौतिक पूर्वाधार तथा यातायात  मन्त्री देवेन्द्र दाहालले अध्यक्षता गर्ने सत्रमा क्षेत्रीय पूर्वाधार र तिनको एकिकृत उपयोगिता सम्बन्धमा विदेशी विज्ञ सहित छलफल हुनेछ । अर्थमन्त्री विश्णुप्रसाद पौडेलको अध्यक्षतामा आर्थिक मौदिक तथा अन्य नियामकीय नीतिगत अवस्थाबारे गम्भिर छलफल हुनेछ ।

नेपालको समृद्धि यात्रामा असाध्यै आषा गरिएको र उपलब्धी पनि सुनिश्चित हुँदै गरेको नेपालको हरित ऊर्जाका बहुआयाम र यसलाई थप उपलब्धी केन्द्रित बनाउने विषयमा पनि गम्भिर छलफल हुँदैछ । विद्युत् नियमन आयोगको अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा उद्यामी कुमार पाण्डेलगायत स्वदेशी विदेशी विज्ञले नेपालको ऊर्जा र जलस्रोतको विषयमा यहाँ मन्थन गर्नेछन् ।

विकास प्रणालीमा रहँदै खड्कदै आएको महिला सहभागिताको विषयमा पनि उद्यमी निर्माण चौधरीको नेतृत्वमा मन्थन हुने छ । हरित अर्थतन्त्र निर्माणको एक आधार समावेशीकरण पनि हो । पूर्वाधार विकासका क्षेत्रमा महिलाका लागि के कस्ता स्पेस छन् भन्ने विषयमा चौधरी नेतृत्वको सत्रमा छलफल हुँदैछ । यातायात सहरी विकास तथा व्यस्थापनका विषयमा विज्ञ आशिष गजुरेल देखि पूर्वाधार विज्ञ किसोर थापा बहसमा सहभागी हुनेछन् । फोहर व्यवस्थापनका विषयमा पनि छुट्टै सत्र राखिएको छ ।

 विदेशी विज्ञका बहस

परिसंघले नेपाल सरकार समेतको सहकार्य, हरित ऊर्जा खपत गर्ने विद्युतीय सवारी बिवाईडीको प्रायोजनमा हुन लागेको यो सम्मेलनमा ३५ भन्दा धेरै विदेशी विज्ञहरुका विचार र बहस सम्मेलनमा हुँदैछ । विश्व बैंकका पूर्वाधार कार्यक्रम प्रमुख हिसाम फावद यातायात पूर्वाधारका विषयमा छलफलमा सहभागी हुँदैछन् । विश्व बैंककै डिजिटल डेभलपमेन्ट स्पेसलिस्ट निधि सुनिल पार्केलले सूचना प्रविधिका विषयमा आफ्नो विज्ञता साझेदारी गर्ने छिन् ।

एनडब्लु इडीसी दक्षिण कोरियाका योङजिन हङले ऊजा र जलस्रोत विषयको सत्रमा छलफलमा सहभागी हुँदैछन् । एसियाली विकास बैंकका सल्लाहकार मनमोहन प्रकासले निर्माण उद्योगका विषयमा प्रकास पार्ने छन् । ग्लोबल ग्रिन ग्रोथका प्रमुख सल्लाहकार उद्धाटन सत्रमै  विशेष सम्बोधन राख्नेछन् ।

वान की मुन फाउन्डेसन कोरियाका बोर्ड सदस्य रेइकोन चुङ दिगो विकासको मुख्य सत्रमै सहभागी हुँदैछन् । थाईल्याण्ड जलवायु परिवर्तन केन्द्रका सल्लाहकार रोबर्ट डोविस दिगो विकासका विषयमा आफ्ना अनुभव र धारणा साझेदारी गर्नेछन् ।

एनइपीआरए इन्डियाका सिइृओ सन्दीप पाटेलले फोहोर व्यवस्थापनसम्बन्धमा धारणा राख्नेछन् । टाटा प्रोजेक्ट इन्डियाका प्रमुख कार्यकारी विनायक पाली निमार्ण उद्योगका विषयमा छलफल गर्न नेपाल आएका छन् ।

Prev Post

साह्रै महँगियो सुन

Next Post

अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी

post-bars

Leave a Comment