Back To Top

July 1, 2025

नेपाल एकल साहसिक यात्रा गन्तव्यको सातौं स्थानमा

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्‌भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो।

मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा, र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।

नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’

मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची  विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएकाछन् । उनी भन्छन्, “नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ – चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरु नै किन नहुन् ।’

त्यसैगरी मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किर्स्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेकी थिइन् । उनले आफ्नो अनुभव लेखेकी छन्,’अन्नपूर्णमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’

मच बेटर एड्‌भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छन् भने क्रमश: जापान, नर्वे, स्पेन, अल्बानिया. पोर्चुगल, नेपाल, मोन्टेनेग्रो,जोर्डन र ग्रीस छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

United long banner ad
Prev Post

माथिल्लो त्रिशुली–१को भौतिक प्रगति ६३ प्रतिशत

Next Post

अधिकांश भागमा आज वर्षाको सम्भावना

post-bars

Leave a Comment