नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी (२४.२५ मेगावाट) र माथिल्लो तादी खोला (१०.७० मेगावाट) विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार योसँगै प्राधिकरणले विभिन्न माध्यम (मध्यकालीन द्धिपक्षीय सम्झौता, ऊर्जा विनिमय आदि) गरेर निर्यात गर्न पाउने विद्युतको परिणाम १२ सय मेगावाट पुगेको छ ।