विदेशमा विक्छ दैनिक ११ करोडको बिजुली

काठमाडौ ।
असार लागेसँगै नेपालले दैैनिक करिव ११ करोड रुपैयाँको विद्युत् निर्यात गर्न थालेको छ । वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढ्ेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
असार १ गतेदेखि नेपालले वँगलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा २ सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ ।
यसबाहेक दैनिक बोलकबोल मार्फत इन्डियन इनर्जी एक्सेचेन्जमा विद्युत् निर्यात हुने गरेको छ । बँगलादेश विहार र हरियाणामा निश्चित दर भए पनि आइएक्समा भने भाउ दिन र समय अनुसार फरक फरक हुन्छ । भारतमा मौसमी अनुकुलताका कारण अहिले विद्युत् माग कम हुदा आइ आइएक्सको विजुलीको मूल्य निकै सस्तो भएका कारण यो रकम काम भएको हो । प्राधिकरणका अधिकारीका अनुसार त्यहाँ अहिले ३ देखि ४ रुपैयाँ प्रतियुनिटमा मात्र विजुली विक्री भइरहेको छ ।
प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट घण्टा विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ । यो आँकडा बँगलादेश निर्यात समेतको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आगामी दिनमा विद्युत् उत्पादन र खपतको अवस्था अनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ ।
बँगलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ । विहारको निर्यातमा नेपालको विद्युत्ले प्रतियुनिट आठ रुपियाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने र उत्तरप्रदेशको दर पनि सोही हाराहारीमा छ । तर अहिले आईइएक्समा नेपालको विद्युत्ले राम्रो मूल्य नपाइरहेको आँकडाले देखाउँछ ।
सवै खाले विद्युत् निर्यातको प्रतियुनिट दर अहिले करिव ६ रुपैयाँ ७० पैसा रहेको छ । नेपालले बँगलादेशमा ५ महिना ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल १ अर्ब २५ करोड रुपैयाँ प्राप्त गर्ने आँकलन छ ।
