Back To Top

January 4, 2025

निर्यात परिषद्को व्यापार मेला सुरु

Global Ime Bank

काठमाडौं । नेपाल निर्यात परिषद्ले २७ औँ वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसको उपलक्ष्यमा व्यापार मेला आयोजना गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषद्ले नेपाली हस्तकला र उत्पादनहरुको प्रदर्शनी मेलाको उद्घाटन गरेको हो ।

‘निर्यातको अभियान, समृद्ध नेपालको पहिचान’ भन्ने मूल नाराका साथ प्रदर्शनी मेलाको उद्घाटन गरिएको छ ।

उक्त मेलाको उद्घाटन गर्दै नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले रसिया युक्रेनको युद्धपछि देशमा आर्थिक मन्दि भएको बताए । उनले रसिया युक्रेनको युद्धपछि देशमा निर्यातले धेरै नै कठिनाईहरु भोगिरहेको बताए । उनले उत्पादित वस्तु निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘रसिया युक्रेनको युद्धपछि आयात निर्यात दुवैमा कठिनाई भएको छ । यो युद्धले देशमा आर्थिक मन्दि बढि नै भएको देखिन्छ । अब हामीले सोच्ने बेला आएको छ । निर्यातलाई कसरी बढाउने र भावि कार्य योजना कसरी बनाउने यसको लागि तयार रहनु पर्दछ । उत्पादित वस्तुको निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गरे मात्र सम्भव छ, हामीहरुले कर बढी तिनुपर्ने, सरकारले दिने सुविधाहरु पनि नपाइएको अवस्था छ । सकेसम्म डेढ खरबको निर्यातलाई बढाएर लगभग २ खरब हामीले पुर्याउनुपर्छ ।’

साथै, उनले उत्पादन गरेको वस्तुहरुको मूल्यको कर बढी भएको बताए । उनले उत्पादित वस्तुहरु अन्तर्राष्ट्रि बजारमा पुग्न नसक्दा निर्यात घट्दै गैइरहेको बताए ।

Prev Post

जलपंछि गणना सुरु, हिमाली क्षेत्रमा अझै पुगेन

post-bars

Leave a Comment