बैंकर्स एसोसिएसनको नेतृत्व छान्न सहमतिको प्रयास
काठमाडौं ।
नेपाल बैंकर्स एसोसिएसनमा सहमतिका आधारमा अध्यक्ष चयन गर्ने अपेक्षासहित अध्यक्ष सुनिल केसीले पूर्व अध्यक्षसहितको वैठका राखेका छन् ।
अधिकाँश समय सहमतिय प्रणाली अनुसार उपाध्यक्ष नै अध्यक्ष बन्ने गरेकामा यसपटक उपाध्यक्ष सन्तोष कोइराला र कार्यकारी समिति सदस्य असोक शेरचनले उम्मेदवारी दिएका छन् । कोइराला माछापुछ«े बैंकका प्रमुख कार्यकारी अधिकृत हुने भने शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी हुन् ।
एनबीएका अध्यक्ष केसीले सकेसम्म सहमती कायम गराउने पहलस्वरुप सोमबार दिउँसो छलफल राखिएको बताए । एनबीएको पुस ३ गते हुने साधारणसभाले २ वर्षको कार्यकालको लागि नयाँ अध्यक्ष चयन गर्ने छ ।
२० जना सदस्यमात्र रहेको अवस्थामा पनि सहमति गर्न नसक्दा कमजोर सम्बन्धको सन्देश जाने भएकाले पनि सहमतिको प्रयास गर्न लागिएको हो । बैंकिङ क्षेत्र समस्यामा रहेको हुँदा पनि निर्वाचन गर्न नहुने पक्षमा पूर्वअध्यक्ष तथा सदस्यहरु छन् ।
संघमा यसअघि शसिन जोशी र अशोक राणाबीच निर्वाचन हुँदा राणा विजयी भएका थिए । त्यसपछि संघमा उपाध्यक्ष रहेका व्यक्ति अध्यक्ष बन्ने प्रचलनले सार्थकता पाउँदै आएको छ ।
सोही अनुसार माछापुच्छ्रे बैंकका सीईओ कोइरालाले उम्मेद्वारी दिएको बताएका छन् । तर,बैंकको सीईओको हिसाबले शेरचन बरिष्ठ हुन् ।