Back To Top

February 28, 2025

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

Global Ime Bank

काठमाडौं

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

 

नाफा/नोक्सानको अवस्था
आर्थिक बर्ष                                नाफा(रुपैयाँ)                                        घाटा(रुपैयाँ)
२०७२/७३                                                                                            ८ अर्ब ८९ करोड
२०७३/७४                                      १ अर्ब ५० करोड
२०७४/७५                                     ३ अर्ब ४४ करोड
२०७५/७६                                     ९ अर्ब ८१ करोड
२०७६/७७                                    ११ अर्ब ७५ करोड
२०७७/७८                                     ६ अर्ब ९ करोड
२०७८/७९                                     १३ अर्ब ३७ करोड
२०७९/८०                                     ९ अर्ब ४१ करोड
२०८०/८१                                      १४ अर्ब ४६करोड
२०८१/८२   (६ महिना)                 ११ अर्ब ३६ करोड
स्रोत ः नेपाल विद्युत प्राधिकरण ।

 

आव २०७२/ ७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आव २०८०÷८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।

खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।

Prev Post

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले निर्माण गर्ने

Next Post

एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने

post-bars

Leave a Comment