Back To Top

October 12, 2024

४९ उद्योगलाई विद्युत् महशुल तिर्न १५ दिनको म्याद

Global Ime Bank

काठमाडौंः
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।
सुचनामा प्रत्येक उद्योगले तिनु पर्ने बाँकी वक्यौता रकम पनि उल्लेख गरिएको छ ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

गत असार अन्तिम साता विद्युत् महशुल भुक्तान नगरेको भन्दै प्राधिकरणले ६ उद्योग हरुको लाइन काटेको थियो । तर प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएसँगै काटिएका उद्योगहरुमा विद्युत् पुनः जडान गर्न प्राधिकरणलाई निर्देशन गरिएको थियो ।

यसपश्चात संसदको सार्वजनिक लेखा समितिले पनि विभिन्न चरणमा यो विषयमा छलफल गरे पनि कुनै ठोश निर्णय दिन सकेको छैन ।

यी हुन महशुल भुक्तान गर्न सूचित गरिएका उद्योगहरुः

 

Prev Post

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात

Next Post

मनकामना केबलकार फेरि बन्द हुने

post-bars

Leave a Comment