उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय
काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । मँगलबार नियामक विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
यद्धपी सो निर्णयमा दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले नोट अफ डिसेन्ट राखेका छन् । उनीहरुले प्राधिकरणले जारी गरेको विलमाथि विद्युत् नियमन आयोगले मात्र परिक्षण गर्न सक्ने तर ऊर्जा मन्त्रालयले कानुन विपरित अध्ययन समिति गठन गरेको भन्दै आपत्ती जनाएका हुन् ।
यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता तिर्ने अवधि तोकेको थियो जुन आज बुधबार अन्तिम दिन हो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो ।
सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भनेपनि त्यो उपाय के हुन सक्छ भन्ने विकल्प भने नदिएको वैठकमा सहभागी एक सञ्चालकले बताए ।