उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता

काठमाडौ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड र ट्रङकलाइन विद्युत खपतको वक्यौता रकम भुक्तान गर्न ३५ दिने सुचना सार्वजनिक गरेको छ । कुलमान घिसिडले मन्त्रालय संहाल्दा पहिलो निर्णय गरेको विषयलाई नेपाल विद्युत् प्राधिकरण संञ्चालक समितिले निर्णय गरेलगत्तै आइतबार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना अनुसार विवादित तिन अवधि मध्ये प्राधिकरणले २०७२ माघदेखि २०७५ वैसाखसम्मको अवधि निर्धारण गरेर सो अवधिको बक्यौता महशुल निर्धारण गर्र्न प्राधिकरणले सूचित गरेको छ ।
\बक्यौता रकम असुलीमा अलमल गर्ने गरी पूर्ववर्ती ओली सरकारले तयार पारेको सवै कसरतलाई प्राधिकरणले निश्कृय पार्दै वक्यौता तिर्न आउन कात्तिक १७ गतेसम्मको समय अवधि दिइएको छ । प्राधिकरण सञ्चालक समितिले यस अगि गठन गरेपनि काम गर्न नसकेको प्रशासकीय पुनरावलोकन सम्बन्धी सबै निर्णय र सो संरचना पनि खारेज गरेको छ ।
मासिक किस्ताबन्दीमा भुक्तानी गर्न चाहने उद्योगीले २८ महिनाको किस्ता सुविधा पनि उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
