Back To Top

April 23, 2025

माफ गर्नूहोस! बिजुली पुर्याउन सकिएन: प्राधिकरण

Global Ime Bank AD
Insourance

काठमाडौ ।
नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको बताएको छ । प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको जानकारीपत्रमा स्वदेशी उत्पादन घटेको र भारतबाट पर्याप्त आयात गर्न नसकेको भन्दै औद्योगिक ग्राहकहरु सँग क्षमा मागेको छ ।

 

प्राधिकरणका अनुसार नदीनालामा पानीको बहाव कम हुँदा जलशय तथा सौर्यऊर्जा समेत गरी आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट सम्म पुगेको तर पिक पिक लोड २ हजार ७७ मेगावाट हुँदा समस्या परेको बताएको छ । प्राधिकरणका अनुसार सो समयामा अधिकतम उत्पादन १ हजार ५०३ मेगावाट रहेको छ।

 

गर्र्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पनि नपाएको जिकिर सूचनामा गरिएको छ । प्राधिकरणका अनुसार नेपालले छिमेकी मुलुक भारतबाट पीईसी मार्फत बेलुका ६ बजे देखि विहान ६ः०० बजे सम्म १३२ केभी लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपुर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत आपुर्ति भइरहेको छ।

 

भारतमा आईपीएल खेल जारी रहँदा माग बढेकोले आईईएक्सको दररेट पीईसीको दररेट भन्दा बढी भएकोले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन नसकेको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।

यस्तो अवस्थामा औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिइने गरेको भन्दै प्राधिकरणले असुविधा प्रति भन्दै त्यस्ता ग्राहकसँग क्षमा याचना गरेको छ ।

United long banner ad
Prev Post

 एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत

Next Post

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही

post-bars

Leave a Comment