Back To Top

September 15, 2025

युवाआन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत

Global Ime Bank AD

काठमाडौं ।

हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर परेको जनाएको छ ।

तर यी चुनौतीहरूका बाबजुद पनि एनसेलले सेवा अविच्छिन्न राख्दै तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको थियो । कम्पनीले २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवामा पहुँच दिने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै यसले ग्राहकप्रतिको अटुट समर्पणलाई देखाउने जनाएको छ ।

अन्तरिम सरकारको नेतृत्व सम्हाल्नेमध्ये पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै एनसेलले देशका युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले नयाँ नेतृत्वसँगै देशमा शान्ति, एकता र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरेको छ ।

एनसेलले विगत दुई दशकमा सूचना प्रविधि क्षेत्रको रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र ‘डिजिटल नेपाल’ निर्माणमा भूमिका खेलेको दाबी गर्दै आगामी दिनमा अझ दृढताका साथ सेवा गर्ने प्रतिज्ञा गरेको छ ।

कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आत्माको चिरशान्ति र घाइतेहरूको स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरेको छ ।

Global Ime Bank
Prev Post

खनालले मन्त्री बने वापत कुनै सरकारी सुविधा नलिने

Next Post

मेरो तलब भत्ता शहीदका लागिः कुलमान

post-bars

Leave a Comment