Back To Top

May 9, 2025

‘एनसेल सप इन सप’ सञ्चालनमा

Global Ime Bank AD
Insourance

काठमाडौ।

एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ ।

एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरे  सप इन सपबाट ग्राहकले एनसेलका सेवा सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअल जस्ता प्याक, सेवा, सुविधा लिने, ई सिममा स्तरोन्नति गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवा लिन सक्ने जनाइएको छ ।

आइतबारदेखि शुक्रबार हप्ताको छ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्ने छ । एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।

United long banner ad
Prev Post

महसुल विवाद निरूपण आयोगको जिम्मेवारी

Next Post

बिष्टछापमा पहिरो रोक्न जैविक प्रविधि

post-bars

Leave a Comment