कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि
काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई वास्ता नगरेपछी महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।
अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ जना प्रतिनिधि छन् ।