Back To Top

June 19, 2025

‘दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ग्याँस’

Global Ime Bank AD
Insourance

काठमाडौ:

दैलेखको जलजलेमा गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको  ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्भे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ । दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदनसँगै दैलेखका अन्य तीनवटा स्थानमा पनि मिथेन ग्यास रहेको र जुन ग्यासले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार ०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्यास भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्ने गरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पुर्‍याउने आशा गरिएको उद्योगमन्त्री दामोदर भण्डारीले बताए ।  ‘ड्रिलिङका वेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो, अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ,’ भण्डारीले भने, ‘पहिलो भण्डारण कुवामा प्रारम्भिक एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको भेटिएको छ, अन्य तीनवटा ग्यास भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा चारवटा कुवामा करिब चार सय ३० अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सरकार निकै उत्साहित भएको छ।’

जिओलोजिकल सर्भे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्नपश्चात् डिसेम्बरभित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्नपछि यसको वास्तविक तथ्य बाहिर आउनेछ ।

United long banner ad
Prev Post

नेपालमा एमसीसी निरन्तर हुने अमेरिकी सन्देश

Next Post

‘विकासशीलमा स्तरोन्नति हुनु समृद्धिको कोशेढुंगा’

post-bars

Leave a Comment