Back To Top

December 4, 2024

लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

Global Ime Bank AD
Insourance

काठमाडौं ।
अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको भन्दै लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/०७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन ।

बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

United long banner ad
Prev Post

ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी

Next Post

विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

post-bars

Leave a Comment