Back To Top

August 5, 2025

मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि

Global Ime Bank AD

बुधबार देखि राजधानीको भृकुटीमण्डममा सवारी साधनको महा मेला नेपाल मोबिलिटी एक्सपो हुँदै छ । अटोमोबाइल क्षेत्रको दिगो विकास र हितरक्षाका लागि भन्दै यसै वर्ष अस्थित्वमा आएको नेपाल अटोमोबाइल इम्पोर्टर एण्ड म्यानुफ्याक्चर एसोसिएसन(नाइमा)ले पहिलो पटक आयोजना गरेको यो प्रर्दशनीको औचित्य र अवस्था बारे नाइमाकी अध्यक्ष ऋतुसिंह बैद्यसँग हामीले संक्षिप्त कुराकानी गरेका छौ ।

नाइमाले पहिलोपटक यस्तो प्रर्दशनी गर्दैछ । यो प्रर्दशनी किन?

नाइमा नेपालको अटोमोबाइल क्षेत्रको होलिष्टिक विकास भएको हेर्न चाहन्छ । हाम्रा प्रयास त्यसैमा केन्द्रित गर्छौ । ब्यापारिक कम्पनीहरुको संस्था हो यसले व्यापार प्रवर्दन गर्नु त स्वभाविक भयो नै । तर ब्यापार प्रवर्दन एकाँकी कुरा होइन । समग्र इकोसिष्टमलाई दिगो भरपर्दो र स्थिर बनाउनु पर्ने हुन्छ । यहि कार्यको एउटा कदम यो एस्पो हो ।

इकोसिस्टम सुधारको कुरा गर्नुभयो, एक्सपोमा त्यस्तो के खास विशेषता छ त ।
प्रदर्शनी क्रेता विक्रेताको सम्मिलन थलो हो । तर हामीले त्यो भन्दा धेरै माथिबाट यसलाई हेरेका छौ । संभावित ग्राहकलाई भएभरका भेराइटि देखाउँन पाउँदा उसका लागि चोइस बढी हुन्छ । नयाँ प्रविधिका सवारी साधनबारे जानकारी पाउँनु हुन्छ । ५० विभिन्न ब्रान्डका दुई तीन र चारपाँग्रे सवारी साधानको महामेला हो यो जहाँ ३५ नयाँ मोडेल लन्च हुँदैछन् । यो भव्यताले समग्र मोबिलिटी उद्योगलाई लाभ दिनेछ ।

अर्को महत्वपूर्ण कुरा भनेको हामी पाँच दिन फरक फरक विषय बस्तुमा यो क्षेत्रका दिग्गज राष्टिय अन्तरराष्टिय व्यक्तित्वको साथमा हामी छलफल गर्ने तयारी पनि छ । जस्तो की पहिलो दिन हामी मोबिलिटी सेक्टर हिजो आज र भोलि भन्ने विषयमा दिग्गजहरुसँग सेसन गर्दैछौ । अरु अरु दिनमा पनि यसका नीतिगत, पूर्वाधार जनशक्ति विकासका लागि हामीले छलफल गर्छौ । यी सवै सेसनमा इच्छुक व्यक्ति सहभागी हुन सक्ने व्यवस्था गरेका छौ ।

यी सेसनबाट के उपलब्धी हासिल हुने होला त ?
अटोमोबाइल भन्दा अहिले सवारी साधन खरिदविक्री भन्ने मात्र बुझिन्छ । तर कुरा त्यसो होइन । यो त अर्थतन्त्रकै महत्वपूर्ण अवयव हो । यो राष्टिय अर्थतन्त्रलाई प्रत्यक्ष प्रभावित गर्न सक्ने क्षेत्रको रुपमा रहेको चिज हो । आवगमन पूर्वाधार, सवारीको गुणस्तर, शिपयुक्त जनशक्ति विकास रोजगारी, उत्पादन विस्तार जस्ता अर्थतन्त्रको उत्थान गर्ने विषयमा हामीले यस्ता सेसनबाट स्पष्ट दृष्टिकोण पाउने छौ । यसबाट अटोमोबाइल क्षेत्रले भोलिका दिनमा के कसरी जाने छ भन्ने अनुमान र योजना बनाउन सकिनेछ ।

अटो व्यवसाय त पछिल्ला वर्ष खस्कँदै गएको छ । अव बढ्ला त ?
हो कोरोना महामारी पश्चात त अर्थतन्त्र सुधारकै लागि भन्दै गाडी आयातलाई सरकारले निशेध नै गरेको थियो । वास्तवमा त्यसको असर अहिलेसम्म परिरहेको छ । तर अव अवस्था त्यस्तो रहिरहँदैन । हाम्रो मोबिलिटी एक्सपोमार्पmत अटो मोबाइल व्यवसायमा बहार आएको सन्देश प्रवाह गर्न सक्छौ भन्ने अपेक्षा छ । दशै तिहार पनि नजकिँदै छ । यसकारण यहि एक्पोबाट हामी चाडपर्वमा हुने खरिदको सुरुविन्दु पनि बन्छ ।
विगतमा १८ हजार सम्म वर्सेनि विक्री रेकर्ड पुगेको देखिन्छ । त्यो भेट्न नसकेपनि अव १४ हजारको लक्ष्य चाहि भेट्छ भन्ने आँकलन छ ।

त्यस्को आधार के छ त ?
बलिया आधार देखा पर्दैछन् । नेपालमा विद्युतीय सवारीको माग असाध्यै राम्रो भइरहेको छ । तीन चौथाइ विक्री त इभी कै हुन थालेको छ । नयाँ प्रविधिमा आधारित आधुनिक गाडी प्रति आकर्षक बढ्दो छ । र सरकारले थप सहुलियत नदिएपनि इभीमा दिँदै आएको सहुलियत कटाएको छैन । राजश्व संकलन चुनौतिपूर्ण रहेको अवस्थामा पनि यो कायम हुन त राम्रै हो । अन्य उद्यम व्यवसाय, पुँजी बजार पनि विस्तारै उठ्दै गएका छन् । सडक पूर्वाधार पनि राम्रो बन्दै गएको छ । यसकारण मोबिलिटी सेक्टर अव बुम हुने देखिन्छ ।

Global Ime Bank
Prev Post

विद्युत प्राधिकरण समस्यामा फस्दै: कुलमान घिसिङ

Next Post

दाङ, बाँके र बर्दियामा अति भारी वर्षा

post-bars

Leave a Comment