यस्तो छ नागढुंगा सुरुङमार्गको पटके भाडा

काठमाडौं ।
सरकारले साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकमा नागढुंगा सुरुङमार्ग प्रयोगका लागि उपभोग दस्तुर तोकेको छ । यस अनुसार कार र भ्यानको काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।
मिनी बस र ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, ठूला बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।
त्यस्तै भारी उपकरणका लागि काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ । उक्त सुरुङमार्गमा मोटरसाइकल चलाउन निषेध गरिएको छ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुरुङमार्गको भौतिक प्रगति हाल ९३ प्रतिशत पुगेको जानकारी दिएका छन् । उनका अनुसार सुरुङमार्ग सञ्चालनपछि यातायात सहज हुने, यात्रा समय कम हुने र दुर्घटना जोखिम घट्ने अपेक्षा गरिएको छ ।
सरकारले सुरुङमार्गको नियमित व्यवस्थापन र शुल्क संकलनका लागि आवश्यक संरचना र कर्मचारी व्यवस्था गर्ने तयारी गरेको पनि मन्त्री गुरुङले बताए ।
