नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली
काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो।
ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।
ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उनी चिफ फाइनान्स अफिसरका रुपमा नबिल बैंकमा प्रवेश गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।