Back To Top

August 12, 2025

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,

Global Ime Bank AD
Insourance

नबिल बैंकले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भएको जनाएको छ । विवरणअनुसार बैंकले २०८०/८१ आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँभन्दा करिब १५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष १६ अर्ब ३२ करोड रुपैयाँमा पुगेको छ, तर इम्पेरिमेन्ट चार्ज भने अघिल्लो वर्षको ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ ।

गत आवमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा र वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस आधारमा बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७ रुपैयाँ ६४ पैसा लाभांश वितरण गर्ने क्षमता राख्छ ।

निष्क्रिय कर्जा मा पनि बैंकले सुधार देखाएको छ । अघिल्लो वर्ष कुल कर्जामा ४.४५ प्रतिशत रहेको निष्क्रिय कर्जाको अंश गत वर्ष ४.२७ प्रतिशतमा झरेको छ । हाल नबिल बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ र बजार मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा रहेको छ ।

United long banner ad
Prev Post

जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक

Next Post

जगदुल्ला जलविद्युत् बनाउन ठेक्का संझौता

post-bars

Leave a Comment