Back To Top

September 3, 2024

नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने

Global Ime Bank AD
Insourance

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बैंकले जनाएको छ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो ।

सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार शेयर” जारी हुनेछ ।

United long banner ad
Prev Post

तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न

Next Post

यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने

post-bars

Leave a Comment