नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

काठमाडौं ।
नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृति भएसँगै ज्ञवालीले कामु सीईओको जिम्मा पाएका हुन् ।
आज बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।