Back To Top

September 24, 2024

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री

Global Ime Bank AD

काठमाडौं:

आईतबारदेखि विभिन्न आयोजनास्थल भ्रमणमा निश्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मंगलबार रसुवाका ऊर्जा सम्बद्ध आयोजना हेर्न पुगेका छन् ।
सोमबार ढल्केवर सबसटेसन हेर्न पुगेका मन्त्री मँगलबार भने रसुवा पुगेका हुन् । रसुवामा उनले निर्माण सम्पन्न हुनै लागेको त्रिशूली थ्री बी हब २२० र १३२र ३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।

उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न आवश्यक रहेको बताए ।
ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न उनले निर्देशन दिए ।

त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा निर्माणाधीन छ ।

लगत्तैै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि पुगेर निरिक्षण गरेका छन् । ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गरेका थिए ।

Global Ime Bank
Prev Post

बजाजको ग्रान्ड कार्निभल

Next Post

सडकको अनुगमनमा स्वास्थ्य मन्त्री

post-bars

Leave a Comment