Back To Top

August 29, 2025

भोटेकोसी–१ को मुख्य सुरुङ‘ब्रेक थ्रु’

Global Ime Bank AD

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले २०८० साउनबाट निर्माण गरेको आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको २६३८.५३ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । आयोजनाको बाँध भोटेकोसी–३ मा र विद्युतगृह भोटेकोसी–४ मा निर्माण भइरहेको छ ।

कम्पनीका अनुसार आयोजनाको हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी काम पनि यही वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजना निर्माण पूरा भएपछि उत्पादित विद्युत साढे २ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चाकु सबस्टेशनमा जोडिनेछ ।

Global Ime Bank
Prev Post

१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम

Next Post

मुगुमा थपियो नयाँ राष्ट्रिय निकुञ्ज

post-bars

Leave a Comment