Back To Top

April 28, 2025

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी

Global Ime Bank AD
Insourance

काठमाडौँः
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । एकसाता पहिले खानेपानी मन्त्री प्रदिप यादवले सिँहदरबार परिसर भित्र बोटल र जारको पानी प्रतिस्थापन गर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

मन्त्रालयको योजना अनुसार सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु भइसकेको छ । मन्त्रालयका सचिव सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) काम सुरु गरिसेको छ ।
हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव मीना श्रेष्ठले बताइन ।

United long banner ad
Prev Post

लगानी बोर्डमा अव उपसचिव सम्म आफ्नै कर्मचारी

Next Post

बजेटमा नीतिगत स्थायित्वको अपेक्षाः ढकाल

post-bars

Leave a Comment