Back To Top

November 12, 2025

कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद

Global Ime Bank AD
Insourance

काठमाडौ ।
मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा सरकारले मेलम्ची बाढी पीडित संघर्ष समितिसँग सहमति गरेको छ । दुई दिनसम्म मन्त्रालयका सचिव तथा आयोजना प्रमुखको तहमा निरन्तर संवाद भएपनि निस्कर्ष निक्लिएको थिएन ।

मङ्गलबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ, सडक विभागका डीजी र अन्य प्रतिनिधिबीच सरकार र स्थानीय सरोकारवाला राखेर प्रत्यक्ष बार्ता थालेका थिए ।

मन्त्री घिसिडले प्रत्यक्ष संवाद थालेर निश्कर्ष निकालेका थिए । राती साढे दस बजे दुई पक्षबीच सहमति भएको हो । मेलम्ची खानेपानी तथा बाढी संघर्ष समितिका अगुवा विष्णु खड्काकाअनुसार मंगलबार सम्पन्न छलफलमा पूर्वाधार निर्माणदेखि राहत, पुनःस्थापना र दीर्घकालीन विकास सम्बन्धी १० बुँदे सहमति भएको हो ।

हिजो भएको सहमतिसँगै बुधबारबाट मेलम्चीको मुहान खोलिएको छ । सहमति अनुसार मेलम्ची–अम्वाथान–मेलम्चीध्याङ सडक खण्ड तत्काल कालोपत्रे गर्न २५ करोडको टेन्डर प्रक्रिया सुरु गरी १ अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्ने निर्णय भएको छ ।

United long banner ad
Prev Post

साहस ऊर्जाले २२ प्रतिशत लाभांश दिने

Next Post

सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता

post-bars

Leave a Comment