गभर्नर निधेा गर्न सिफारिस समिति र मन्त्रीपरिषद वैठक बस्दै

काठमाडौं ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् । अर्थमन्त्री पौडेलको सचिवालय स्रोतका अनुसार अपराह्न ४ बजेको लागि सिफारिस समिति बैठक बोलाइएको हो ।
गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बोलाएसँगै आजै गभर्नर नियुक्त हुने सम्भावना बढेको हो । प्रधनमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेतवार्ता भएको थियो । भेटवार्ता लगत्तै अर्थमन्त्री पौडेलले सिपफारिस समिति बैठक बोलाएका हुन् ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने सिफारिस समितिको सदस्यमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा. पोषराज पाण्डे छन् ।
