Back To Top

March 7, 2025

झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

Global Ime Bank AD
Insourance

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस भ्रष्टाचार आरोपमा झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।

एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएकाेमा प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् ।

भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेकाे थियाे । पुस २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरेकाे हाे। यता विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार विगो कायम गरेको हो ।

United long banner ad
Prev Post

कुलमानलाई सोधियो चार बुँदे स्पष्टिकरण

Next Post

सहकारी पीडितको १ अर्ब ६७ करोड रुपैयाँ फिर्ता

post-bars

Leave a Comment